तिमी त हिरा हौ निशान भट्टराई - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

तिमी त हिरा हौ निशान भट्टराई



जितेर पनि हार्नु भन्दा

हारेर नै जित्नु बेस हुन्छ ।।

आज जसरी तिम्रो कला र गलाको
सम्मानमा चुकेर गए
भोलि तिनीहरू नै तिम्रो
सङ्गीतको प्रेमी भए भन्ने सुन्न पाऊ।
तिम्रो हरेक गीत सबैको
मुखबाट गुनगुनाको सुन्न पाऊ।।

तिमी गुलाफको फुल होइन
एकछिनलाई राम्रो देखिने
अनि भोलिपल्ट नै ओइलाउने ।
तिमी त अकबरी सुन हौ।
जसको महत्त्व जति पुरानो भयो
त्यति नै बढ्दै जान्छ ।।

तिमी त हिरा हौ।
मन नपराएर भोट नहालेको होइन
हिराको महत्वलाई बुझ्न नसकेको हो।
हिरालाई सबैले कहाँ एफोर्ड गर्न सक्छ र
त्यसरी नै तिम्रो सङ्गीतलाई
सबैले एफोर्ड गर्न नसकेको हो।।

तिमीले गर्ने मानसम्मानमा
केही आफ्नोपन झल्किन्छ ।
तिमीले गाउने हरेक गीतमा
भाव लुकेको हुन्छ ।
त्यो कहाँ सबैले बुझ्न सक्छ ।
जसले राम्रोलाई राम्रो भन्न सक्छ
उसैले मात्र बुझ्न र कदर गर्न सक्छ ।।

सबैले तिमीलाई जिताएनन
तर तिमीले सबैलाई जित्यौ ।।

– रमिता विष्ट