जनप्रतिनिधीद्धारा हातमा कुचो लिएर सरसफाई अभियानमा - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

जनप्रतिनिधीद्धारा हातमा कुचो लिएर सरसफाई अभियानमा



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको सरसफाई अभियानमा सनिबार सभासद तथा मेयर उप मेयरहरु हातमा कुचो लिएर सडक सफा गर्दा धेरैले अचम्म माने । राजनिति भाषण,अन्य बैठकमा जाने जनप्रतिनिधीहरु सरसफाई गर्दा उनिहरुले अचम्म मान्नु स्वाभिक मान्नु पनि थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्यद्धय लिला गिरी र दधिराम न्यौपाने तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरे, उप मेयर जायेस्वरी चौधरी लागायतले तिलोत्तमा नगरपालिको नयाँ मिल देखी डाईभर टोल सम्म सरसफाई अभियानमा हातमा सेता पञ्जा र मुख मास्क लगाएर बढार्दै हिडेका थिए ।
उनिहरुले सडक आसपासमा भएको फोहर व्यवस्थापव गर्दा केही सवारी रोकेर हेर्दे जनप्रतिधीहरुको राम्रो सन्देश दिने काम भन्दै तारिफ सनिबार बिहान गरेका थिए ।
तिलोत्तमा नगरपालिका संचालन गरेको समुदायमा आधारित सरसफाई अभियानमा उनिहरु जनप्रतिनिधीहरु पनि साथ दिएका हुन् ।
नगरपालिका कर्मचार ,स्थायिनबासी आफैले मात्र नभई जनप्रतिनिधीबाट सरसफाई गराई सन्देश दिने उदेस्यले सो कार्यक्रम गरिएको थियो ।

सरसफाई कार्यक्रममा जनप्रतिनिधिहरुका साथै विभिन्न संघ–संस्था, क्लव, आमा समूह, शिक्षक संस्थालगायत स्थानीय बासिन्दाहरुको समेत सहभागिता रहेको थियो । नवनिर्वाचित प्रदेशसभा सदस्यहरु सुरुदेखि अन्तसम्म कुचो लिएरैं सरसफाईमा सहभागी भएर अभियन्ताहरुलाई हौंसला प्रदान गरेका थिए ।
गिरी प्रतिनिधिसभा क्षेत्र नं. २ को प्रदेशसभा १ तथा न्यौपाने प्रतिनिधिसभा क्षेत्र नं. १ को प्रदेशसभा २ का नवनिर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेशसभा सदस्य गिरी र न्यौपानेले तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियान सह्रानीय भएको बताउँदै यो अभियानमा सबैको सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए ।

शनिबारको सरसफाई कार्यक्रममा झण्डै दुई टिप्पर फोहोर व्यवस्थापन गरिएको छ । यसरी व्यवस्थापन गरिएको फोहोरमा अधिकांश सुर्ती, गुट्खा, विभिन्न जङ्क फुडका खोललगायत प्लाष्टिकजन्य फोहोर रहेको नगरपालिकाले जनाएको छ । अभियानकै क्रममा विभिन्न व्यक्तिहरुले आफ्नो घर अगाडि, बुटवल–बेलहिया सिक्सलेन सडकको ‘ग्रीन जोन’ मा फूलका बिरुवाहरु समेत रोपेका छन् ।

शनिबार स्थानीय बिमल श्रेष्ठ तथा टुल्क बहादुर खड्का, ईश्वर कार्की, सुरज भण्डारी र रामकृष्ण ढकालले तारबारसहित व्यवस्थित तरिकाले बनाउन थालेको ‘सडक फूलबारी’ मा प्रदेशसभा सदस्यद्धय गिरी र न्यौपाने तथा नगर प्रमुख बासुदेव घिमिरे, उप–प्रमुख जागेश्वरी चौधरीलगायतले विभिन्न जातका फूल तथा विरुवा रोपेका छन् ।
त्यसक्रममा नगर प्रमुख घिमिरेले सबैको सामूहकि प्रयासले नगरपालिकालाई स्वच्छ, सफा र हराभरा बनाउन बनाउन सकिने बताउँदै नगरपालिकाको हरियाली प्रवद्र्धन कार्यक्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद व्यक्त गरे । एकपछि अर्को व्यक्तिले आफ्नो घर अगाडिको ‘ग्रीन जोन’ मा फूल रोप्न थालेपछि ड्राइभरटोल–नयाँमिल–मणिग्राम सडक खण्ड आकर्षक देखिन थालेको छ ।


तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले सिक्स लेन सडक आसपासका सबै बासिन्दालाई हरियाली प्रवद्र्धन कार्यक्रममा सहभागी हुन आग्रह गरे । तिलोत्तमा नगरपािलका भित्र बार्ड कार्यलयहरु आ आफ्नै ढगबाट प्रत्येक महिनाको १गते र १५ गते सरसफाई गर्ने गरेकान छन् । भने नगरपालिकाले बिषेश रुपमा गर्ने गरेको छ।
समुदायलाई नै सचेतना , जिम्वेबार बनाउनु मुख्य लक्ष्य रहेको नगरपालिका प्रेस सल्लाहकार वि.पी.गौतमले बताए ।