२० औँ तिलोत्तमा गोल्डकप : रुपन्देही ११ को सुखद सुरुवात
बुटवल । बुटवलमा आजदेखि शुरु भएकाे २० औँ तिलोत्तमा गोल्डकप फुटबलको उद्घाटन खेलमा आयोजक रुपन्देही ११ ले विजयी शुरुवात गरेको छ ।
देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा आयोजकले सुदूर पश्चिम-११ लाई २-० गोल अन्तरले हराएको हो ।
रुपन्देहीले सातौं मिनेटमा नै निशान लिम्बुको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा पनि उनले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे ।
शुक्रबार कास्की ११ र फ्रेन्डस् क्लब काठमाडौंबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा तीन विभागीय टिम पुलिस, एपीएफ क्लब र त्रिभुवन आर्मीसहित १० टिमले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष दिर्घबहादुर केसीले जानकारी दिए ।
विजेताले सात लाख ७७ हजार ७ सय ७७ नगदसहित गोल्ड मेडल प्राप्त गर्नेछ भने उपविजेता टिमले चार लाख ४४ हजार ४४४ नगद पुरस्कार प्राप्त गर्ने छ । प्रतियोगिता चैत ३ गतेसम्म चल्ने छ ।