काँग्रेसका तिलक राई धरान उपमहानगका नयाँ मेयर - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

काँग्रेसका तिलक राई धरान उपमहानगका नयाँ मेयर



सुनसरी – नेकपाको पुरानो किल्ला धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् ।

२९ वर्षपछी काँग्रेसले जितेको यो क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन गर्नुपरेको थियो।

सोमबार सकिएको मतगणनको नतिजाअनुसार नेकपाका उम्मेदवार प्रकाश राईलाई करिब २७९५ सय मतले पछि पार्दै तिलक विजयी बनेका हुन् ।

काँग्रेसका तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरेका छन् भने नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत मात्र पाएका छन् ।

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि धरानमा मंसिर १४ गते उपनिर्वाचन भएको हो ।