टीकापुरमा रेशम चौधरीको प्यानलै विजयी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

टीकापुरमा रेशम चौधरीको प्यानलै विजयी



कैलालीको टीकापुर नगरपालिकामा जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको पार्टीले एउटा वडामा अध्यक्षसहित प्यानलै जितेको छ।

शनिबार साँझ सकिएको वडा नम्बर ५ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसहित पाँच जना निर्वाचित भएका हुन्। उक्त पार्टीबाट बलवीर थारू पहिलो वडाध्यक्ष बनेका छन्।

टीकापुरको मेयर र उपमेयरमा पनि उक्त पार्टीका उम्मेदवार प्रतिष्पर्धी उम्मेदवारभन्दा अगाडि छन्।