टीकापुरका पीडितले भने: अबोध बालकको हत्या कसरी राजनीतिक ? - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

टीकापुरका पीडितले भने: अबोध बालकको हत्या कसरी राजनीतिक ?



पत्रपत्रिका/नागरिक-

रेशम चौधरीलाई जेलभित्रै सांसद पदको शपद ग्रहण र रिहा गर्ने तयारी भईरहेको समाचार बाहिर आएपछि टीकापुर घटनाका पीडित चिन्तित बनेका छन् ।

अपारधिक मुद्धालाई राजनीतिक नबानाउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

अदालतको प्रक्रियामा गएको मुद्धा अदालतबाटै फैसला हनुपर्ने उनीहरुको भनाई छ ।

अपराधिलाई सरकारले छोड्ने हो भने हामी पीडितलाई कसरी कानुनी राज्को महसुस हुन्छ, टीकापुर घटनामा मारिएका डेढ बर्षीय बालक टेकबहादु साउँदका ६५ बर्षीय हजुरबा जंगबहादुर साउँदले भने, न्यायालयबाट छुटेका हाम्रो भन्नु केही हुन्थेन ।