उत्प्रेरणा तथा उद्यमशिलता सम्बन्धी एकदिने तालिम सम्पन्न - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

उत्प्रेरणा तथा उद्यमशिलता सम्बन्धी एकदिने तालिम सम्पन्न



लोकेन्द्र रावल / टीकापुर ।

टीकापुर जेसिजको आयोजनामा उत्प्रेरणा तथा उद्यमशिलता सम्बन्धी १ दिने तालिम आइतबार टीकापुरमा सम्पन्न भएको छ ।

टीकापुर जेसिज २०१८ का अध्यक्ष लालकेश जैशीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका पुर्व राष्ट्रिय अध्यक्ष भोलेश्वर दुलालले तालिमको सहजिकरण गर्दै मानिसले बाच्ने क्रममा बिभिन्न किसिमका कामहरु गर्नुपर्छ ति कामहरुमा सफलता हासिल गर्न कुनै पनि काम गर्ने कुरामा कहिल्यै हिम्मत हार्न नहुने बताउनुभयो ।

उहाँले मानिसले जुनसुकै व्यवसाय गरेता पनि ग्राहक सानो होस या ठुलो ग्राहकहरुलाई गर्ने व्यवहार एउटै हुनु पर्ने बताउँदै व्यावसायी तथा उद्यमशिलतामा प्रभावकारी बोली, आकर्षक व्यक्तित्व,आर्थिक पारदर्शिता, सहनशीलता हुन सके उद्योग र व्यावसाय सफल हुन सक्ने बताउनु भयो ।

उहाँले कुनै पनी उधमशिलताले आफ्नो घर, परिवार र व्यावसायलाई असल बनाउन जवाफदेहिता, लगनशीलता, जिम्मेवार हुन सके त्यो परिवार, घर असल हुन सक्ने भन्दै पेशा बंशाणुगत अरुको देखा सिकीमा नभई आफुलाई जानकारी भएको ईच्छा लागेको व्यावसाय अगाल्नु पर्ने बताउनुभयो ।

अधिकांश राजनितीक गर्ने मानिसहरु व्यापार व्यावसाय गर्छ तर उनीहरुको व्यापार व्यावसाय त्यति राम्रो फस्टाएको देखिदैन जब राजनितिक गर्ने मानिसले व्यवसाय गर्छ भने त्यो व्यावसाय प्रभावकारी नहुने बताउँदै कुनैपनी काम केही समयको लागी मात्र नभई दीर्घकालिन रुपमा जिम्मेवारीका साथ निरन्तरता दिन सके सोचेको कुरामा सफल भईने दुलालले बताउनुभयो ।

टीकापुर जेसिजका तालिम संयोजक टेकराज बिनाडीले स्वागत गर्नुभएको तालिममा नेपाल जेसिज का केन्द्रीय उपाध्यक्ष टेकराज रेग्मी, कानुनी सल्लाहकार गणेश बहादुर साउँद, टीकापुर क्षेत्रका व्यापारी, शिक्षक, बिद्यार्थी लगायत को उपस्थिति रहेको थियो भने जेसिजको आस्था पाठ टीकापुर जेसिज २०१८ का उपाध्यक्ष झनकराज तिमिल्सिनाले पढ्नु भएको थियो ।