टिकापुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

टिकापुरमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु



कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार साझ टीकापुर डुडेझारी सडकमा से ५ प ८७०५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका–३ चिसापानीका १९ वर्षीय पुरन साउदको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

घाइते मध्ये लम्कीका योगेश मल्ललाई उपचारका लागि नेपालगन्ज लगिएको र सामान्य घाइते चालक लम्कीका सौगात पौडेल ईलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा ३ जना सवार रहेका थिए ।