मञ्जु पौडेलको तीज संदेश 'दुख पीडा बिर्सिएर हाँस्ने कोसिस गरम' - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

मञ्जु पौडेलको तीज संदेश ‘दुख पीडा बिर्सिएर हाँस्ने कोसिस गरम’



काठमाडौं- नेपाली महिलाहरुको महान चाड हरितालिका तीज नजिकिदै जाँदा तीजका गीतहरू सार्वजनिक भैरहेका छन् । कोरोना माहामारी र लकडाउनले गर्दा तीज गीतमा असर पर्ने आंकलन गरिएपनि तीजका गीतहरूको लहर भने कम भएको छैन ।

यसै अवसरमा चर्चित गायिका तथा उद्घोषिका मञ्जु पौडेलको तीज गीत पनि सार्वजनिक भएको छ । गायिका पौडेलले दुख कस्लाई हुँदैन र किन मान्ने सरम, दुख पीडा बिर्सिएर हाँस्ने कोसिस गरम भन्दै गीत सार्वजनिक गरेकी छन ।

गायिका मञ्जु पौडेल र मिना निरौलाको सुमधुर स्वरमा ‘तीजैमा’ बोलको गीत सोमबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शब्द दिग्गज धौराली र संगीत मञ्जु पौडेलकै रहेको छ ।

गीतको भिडियोमा गायिका स्वयं, मिना निरौला, इन्दु खनाल, रस्मी र भावनाको अभिनय रहेको छ । गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन र नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।