२०७५ साउन १, मङ्लबार

तिहारको मुख्य दिन, आज भाइटीका

October 21, 2017
139 Views
Spread the love

काठमाडौं ।

हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहारको मुख्य दिन आज भाइटिका लगाएर मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने गर्छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने प्रचलन छ ।

भाइटिकाको उत्तम साइत ११ः५१ मा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । दाजुभाइको पूजा गर्दा अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा माकण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीकासँगै मखमली, सयपत्री, गोदावरीलगायत फुलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन भए पनि शास्त्रमा भने पञ्चरङ्गी टीका लगाउने उल्लेख समितिले जनाएको छ । समितिका अनुसार तिहारमा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने शास्त्रमा उल्लेख गरिएको छ ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिने धार्मिक परम्परा छ ।

दिदीबहिनी नहुनेले काठमाडौँको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा गई पूजा र दर्शन गरी टीका लगाउने गर्छन् । आज बिहानैदेखि मन्दिरमा दिदीबहिनी तथा दाजुभाइ नहुनेको भीड लागेको छ ।

Facebook Comments

You may be interested

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको
समाचार
0 shares87 views
समाचार
0 shares87 views

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको

himal post - २०७५, ३२ असार २१:१७

-तेजेन्द्र पाण्डेय पटक पटक गरी १५ पटक अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन् । अनसनको…

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न
अष्ट्रेलिया
0 shares28 views
अष्ट्रेलिया
0 shares28 views

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न

himal post - २०७५, ३२ असार २१:०७

यहि जुलाई १५ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । एडीलेड नेपाल…

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै
राजनीति
0 shares96 views
राजनीति
0 shares96 views

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै

himal post - २०७५, ३२ असार २०:४०

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै १५औं पटक अनसन गरिरहेका डा गोविन्द केसीका मागको विषयमा वार्ता सुरु भएको छ। सरकारले…