२०७५ साउन १, मङ्लबार

आजदेखि तिहार सुरु ,यमपञ्चकको पहिलो दिन कागको पूजा गरिँदै

October 17, 2017
97 Views
Spread the love

काठमाडौँ, असोज ३१ गते ।

कार्तिक कृष्ण त्रयोदशीका दिन मङ्गलवारदेखि तिहार पर्व सुरु हुँदैछ । यमपञ्चकको पहिलो दिन कागलाई परिकार भोजन गराएर कागको पूजा गरिँदैछ । कागपूजादेखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता छ ।

कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिन संस्मरण गरिन्छ । कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ । कागलाई भोजन गराउँदा भोजन सिधै पितृले पाउँछन् भन्ने ज्योतिषीय मान्यता रहेको डा. सुनिल सिटौला बताउनुहुन्छ । डा. सिटौलाका अनुसार पूजाका दिनबाहेक अन्य दिन पनि कागलाई भोजन गराउँदा पितृ तृप्त हुन्छन् ।

निकै चतुर पक्षीका रूपमा कागलाई लिइन्छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ । यसै दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ । बाग्मती अञ्चल आयुर्वेद औषधालयले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा पूजा आयोजना गरेको छ ।

यसै गरी आयुर्वेद क्षेत्रका सङ्घसंस्थाले धन्वन्तरीको पूजा गर्दै आरोग्य दिवस मनाउँदैछन् । जयबागेश्वरी निवासी समाजसेवी ज्येष्ठ नागरिक मुकुन्द वैद्यका अनुसार यहाँका वैद्यले परापूर्वकालमा रावणको उपचार गरेको भनाइ छ । त्यसैले यहाँको पीठमा धन्वन्तरीको अर्चना हुँदै आएको छ ।

Facebook Comments

You may be interested

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको
समाचार
0 shares87 views
समाचार
0 shares87 views

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको

himal post - २०७५, ३२ असार २१:१७

-तेजेन्द्र पाण्डेय पटक पटक गरी १५ पटक अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन् । अनसनको…

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न
अष्ट्रेलिया
0 shares27 views
अष्ट्रेलिया
0 shares27 views

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न

himal post - २०७५, ३२ असार २१:०७

यहि जुलाई १५ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । एडीलेड नेपाल…

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै
राजनीति
0 shares96 views
राजनीति
0 shares96 views

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै

himal post - २०७५, ३२ असार २०:४०

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै १५औं पटक अनसन गरिरहेका डा गोविन्द केसीका मागको विषयमा वार्ता सुरु भएको छ। सरकारले…