दसैँकोलागि टिकट खुल्दै - भाडादर यस्तो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

दसैँकोलागि टिकट खुल्दै – भाडादर यस्तो



काठमाडौँ- दसैंका लागि असोज ५ गतेदेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागमा आज बसेको विभागका अधिकारी, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

यस पटकको दसैंमा नयाँ यातायात भने थपिएको छैन । दसैं तिहारका लागि हालको प्रचलित भाडाअनुसार नै टिकट बुकिङ हुने विभागले जनाएको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघले टिकट काउण्टरमा बस्ने कमर्चारीलाई एउटै ड्रेस लगाउनुपर्ने नियम पनि लागू गरेको छ । महासंघका महासचिव सरोज सिटौला, काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदी र ट्राफिक महाशाखाका प्रमुख (एसएसपी) भीम ढकालले बिहीबार कोटेश्वरमा काउण्टरका कर्मचारीहरूलाई ड्रेस वितरण गरेका छन् ।

महासंघले उपलब्ध गराएको पोशाक लगाएका र परिचयपत्र बोकेका कर्मचारीसँग मात्र टिकट लिन आग्रह गर्दै सिटौलाले तोकिएको स्थानमा यातायातका कर्मचारीबाट मात्र टिकट लिन अनुरोध गरे ।