युवक हत्याको अभियोगमा चार जनालाई थुनामा राख्न अदालतको आदेश - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

युवक हत्याको अभियोगमा चार जनालाई थुनामा राख्न अदालतको आदेश



कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले कलुवापुरका युवक सुबिल बडायक हत्याको अभियोगमा चार जनालाई थुनामा राख्न आदेश दिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ कलुवापुरका युवक बडायकको हत्या गरेको अभियोगमा उनकी पूर्व प्रेमिका शिवानी राना सहित चार जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चार जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको बताए । हत्याको आरोपमा पक्राउ परेका शिवानी राना, अयोध्या राना, प्रमोद राना र विशाल रानालाई मङ्गलवार थुनामा राख्न आदेश दिएको हो ।

देव सिंह रानालाई भने ५० हजार धरौटीको आदेश भएको छ । गत चैत्र २८ गते गाउँमा विवाह हेर्ने बहानामा शिवानीलाई सिम कार्ड दिन गएका सुबिल बडायकको हत्या भएको थियो । बडायकको शब चार दिनपछि खोलामा फालेको अबस्थामा फेला परेको थियो ।