चिर्पटले हानेर आफ्नै ठुलोबुवा र ससुराको हत्या - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चिर्पटले हानेर आफ्नै ठुलोबुवा र ससुराको हत्या



अछाम । अछामका एक युवकले चिर्पटले हानेर आफ्नै ठुलोबुवा र ससुराको हत्या गरेका छन् । जिल्लाको मंगलसेन नगरपालिका–१ ढुङ्गगानीका पिरम साउँदले गएराति करिब १ बजे चिर्पट प्रहार गरी ठूलोबुबा ७२ वर्षीय देउसिङ साउद र ससुरा ५५ वर्षीय वीरभान थापाको हत्या गरेका हुन् ।

हत्या गरी फरार रहेका पिरमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आज बिहान करिब ७ बजे तिर वडा नम्बर २ मिस्तुरुको खम्मबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

सामान्य बिवादका कारण उक्त घटना घटेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक शाहीले जानकारी दिए । सांकेतिक तस्बिर :