हटाउने भनिएका मन्त्री नै 'ठुलो स्वर' - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

हटाउने भनिएका मन्त्री नै ‘ठुलो स्वर’



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरूले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ।

एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरू भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन। नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार मन्त्रीहरूले कार्य सम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अघि बढाए पनि त्यसलाई कार्यान्वयन भने गरेका छैनन् ।

यसले गर्दा सरकारको काममा अन्योल र आलस्यता बढेको टिप्पणी गर्न थालिएको छ। प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेतासँग पुनर्गठनलाई लिएर अनौपचारिक परामर्श गरिसकेका छन् । मन्त्री परिवर्तनको चर्चासँगै केही बहालवाला मन्त्रीहरू भने तनाबमा परेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ हटाइने भनिएकामध्ये एक छन्। तर, उनले नेपाल मन्त्रीमण्डल पुनर्गठन हुने हल्ला मात्र भएको बताए । नेपाल समाचारपत्रमा यो खबर छ ।