कांग्रेस नेता गुरुङले भने ‘ठूला माछा’ छोड्दा मुलुक बर्बाद भयो - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

कांग्रेस नेता गुरुङले भने ‘ठूला माछा’ छोड्दा मुलुक बर्बाद भयो



काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले ‘ठूला माछा’ छोड्दा मुलुक बर्बाद भएको बताएका छन् । बालुवाटार जमिन प्रकरणलाई ईंगित गर्दै नेता गुरुङले आइतबार ट्विटमार्फत् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्दै आएको ‘ठूलो माछा’ छोड्दा मुलुक बर्बाद भएको बताएका हुन् ।

उनले ललिता निवास काण्डलाई मन्त्रिपरिषद् बैठकमार्फत् उन्मुक्ति नदिन पनि सरकारलाई सचेत गराएका छन् । नेता गुरुङले नीतिगत निर्णयको बर्को ओढाएर ठूला भ्रष्टाचारी नेताहरुलाई उन्मुक्ति दिँदा मुलुक भ्रष्टाचारको दलदलमा फसेको पनि दाबी गरेका छन् ।