धादिङमा ठेकेदारको ब्यापक लापरबाही - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

धादिङमा ठेकेदारको ब्यापक लापरबाही



धादिङ – जिल्ला सदरमुकाम धादिङबेसीबाट २८ किलोमिटर दूरीको टारीबेसी जोड्ने सडकखण्ड स्तरोन्नतीका नाममा जनतालाई सास्ती भएको छ ।

स्तरोन्नती गर्ने जिम्मा लिएको लामा कन्सट्रक्सनले निर्माण थालेको १८ महिना बित्न लागिसक्यो तर अपेक्षित प्रगति भने हुन सकेको छैन ।

स्तरोन्नतीका नाममा खनेर लथालिङ्ग छोड्दा सडकमा पैदल, मोटरसाइकल मात्रै हैन ढुवानी साधनसमेत हिलोमा फस्ने गरेका छन् ।

निर्माण कार्य भइरहँदा एम्बुलेन्स लगायत अत्यावश्यक सवारीसाधन समेत चल्न सकेका छैनन् । आजको कान्तिपुरको पृष्ठ १३ मा धादिङबेसी-टारीबेंसी सडकः ठेकेदारको लापरबाहीले बनेन शिर्षकमा समाचार छापिएको छ ।