दि रेडियो हेवन म्युजिकल ब्यान्डद्वारा दिल्लीमा साङ्गीतिक कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

दि रेडियो हेवन म्युजिकल ब्यान्डद्वारा दिल्लीमा साङ्गीतिक कार्यक्रम सम्पन्न



द रेडियो हेवन म्युजिकल ब्यान्डद्वारा दिल्लीमा साङ्गीतिक कार्यक्रम हाम्रो स्वाभिमान ट्रष्टको सहयोगमा आइतबार सम्पन्न भएको छ ।उक्त कार्यक्रम रेडियो हेवनद्वारा पहिलो पटक गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा भारतका लागि नेपाली दूतावासबाट बाबुराम सिग्देलको उपस्थिति रहेको थियो भने आम आदमी पार्टी कि एम एल ए प्रमिला टोकस ,मुतुथ फईन्स देखि अनिल कार्की ,रेडियो रेन्वका रेडियो जाकि मनिष आजाद त्यसै गरी दिल्लीमा रहेका विभिन्न सङ्घ संस्था देखि देवेन्द्र दत्त ,एन्ड्यु गुरुङ ,प्रेम छेत्री ,मोहन कार्की ,मेजर राजीव चोपरा ,दुर्गा अर्याल ,विष्णु प्रसाद पाण्डे ,प्रतिक्ष्या गुरुङ ,तुलसी ढकाल ,हेमन्त अधिकारी ,घनश्याम शर्मा ,नारायाण शर्मा ,कवि कार्की आदिको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि सिग्देलले कला संस्कृतिको जगेर्ना गर्नु पर्ने भदै आगामी दिनमा पनि दूतावासको सहयोग रहेने बताए साथै एम एल ए प्रमिलाले कार्यक्रमको प्रशंसा गर्दै नेपालीहरू प्रति माया ममता रहेको भन्दै उनीहरू सँग काम गर्ने ईछ्याएको बताईंन ।

कार्यक्रम साङ्गीतिक साझा भएको हुनाले दर्शकको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रममा वाद्यवादन तर्फ राजु खड्का,दिनेश ,जोशन लामा ,अक्श्त रहेका थिए भने लिड सिंगारको रूपमा विक्रम खत्री रहेका थिए ।कार्यक्रमको संन्चालन भने अनिता छेत्रीले गरेकी थिइन।