‘ द लष्ट गर्ल’ लघु चलचित्र बन्ने ! - Himal Post Himal Post
  • २३ जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 6 2026
Logo

‘ द लष्ट गर्ल’ लघु चलचित्र बन्ने !



विगत लामो समय देखि रुपन्देहीमा शैक्षिक परामर्सको रुपमा कार्य गर्दै आएका स्टडी वल्ड एजुकेशन  ( प्रा.लि) का देव बहादुर कुँवरले रङ्ग क्षेत्रमा हात हालेका छन् ।सत्य कथामा आधिकारी लघु चलचित्र‘ द लष्ट गर्ल’ (एउटा हराएकी केटी) नामको लघुचलत्रिमा निर्माण गर्ने भएका हुन । चलचित्रको विहिवार बुटवलमा  सुभमुहुर्त गरिएको छ । बुटवल सिद्धबाबा धाम विकास समितिमा एक कार्यक्रमको आयोजना गरि निर्माता कुँवरले क्यामेरा पुजन गरी सुभमुहुर्त गरेका हुन ।

चलचित्र सुभमुर्हुत कार्यक्रममा कलाकार चिरन बराल, चलचित्र प्रत्रकार संघ रुपन्देहीका अध्यक्ष समुन श्रेष्ठ, सल्लाहकार टोपराज शर्मा, भारतीय टेली सिरयर निर्देशक लक्ष्मण गैरे, सल्लाहकार बाबुराम घिमिरे, छायांकार टंक केसी, अमृत पन्थी, मन्दिरका मुल पुजारी यमलाल उपाध्यया, अभिभाव हुमकला पन्थी लगायतले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

नेपाली जुना नामको पात्र घरको बाध्याताले भारत हुदै कसरी युएई पुग्छन् र कसरी बेचिन्छन् भन्ने विषयमा चलचित्र निर्माण हुन लागेको लघु चलचित्रका निर्देशक÷कथाकार प्रकाश ढकालले जानकारी दिए ।
उनका अनुसार यस क्षेत्रका कलाहरुलाई प्रयोग गरेर मौलीक नेपाली लघु चलचित्र निर्माण गर्न लागेको हो । रुपन्देही, पाल्पा लगायतका स्थानहरुमा छायांकन गर्ने तयारी गरिएको चलचित्रमा कान्ती माविकी कक्षा ११ मा अध्ययरत विद्यार्थी अञ्जना घिमिरेले मुख्य पात्र जुनाको अभियन गर्ने छिन् ।

तस्वीर-राजीव भुसाल