निर्वाचन पैसाले होइन निष्ठाले जित्नुपर्छ- आयुक्त थपलिया - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

निर्वाचन पैसाले होइन निष्ठाले जित्नुपर्छ- आयुक्त थपलिया



काठमाडौं । निर्वाचन आयोगले निर्वाचन पैसाले नभएर निष्ठाले जित्नु पर्ने बताएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उमेदवारले निर्वाचन पैसा बाँडेर नभएर निष्ठाले जित्नु पर्ने बताएका हुन् ।

“स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वस्नीय निर्वाचन, शान्ती, स्थिरता, संवृद्धि र सुशासन लक्ष्य राखिएको छ,” प्रमुख आयुक्त थपलियाले भने, “यो लक्ष्य प्राप्ति गर्नका लागि निर्वाचन पैसाले होइन निष्ठाले जित्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।”

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आचारसिंहता जारी गरिसकेको छ । आचारसंहिता उल्लंघन गर्ने उमेदवारलाई आयोगले स्पष्टीकरण सोध्न थालिसकेको छ ।