थापाले हारेपछि षड्यन्त्र भएको भन्दै परिवारका सदस्यले राप्रापा छोड्न थाले - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

थापाले हारेपछि षड्यन्त्र भएको भन्दै परिवारका सदस्यले राप्रापा छोड्न थाले



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिज अभिषेक थापाले पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। एकताको महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए। अध्यक्षमा कमल थापा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले पनि राजीनामा दिन लागेका हुन्।

एकता महाधिवेशनको निर्वाचनमा काका कमल थापामाथि निर्मल निवासबाट षडयन्त्र भएको उनको बुझाई छ। कमल थापाले सार्वजनिकरुपमा नै राप्रपा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाहले नाङ्गो हस्तक्षेप गरेको आरोप लगाइरहेका बेला उनका भतिजले पनि केन्द्रीय सदस्यबाट राजीनामा दिन लागेका हुन्।

महाधिवेशनमा निर्मल निवासबाट हस्तक्षेप भएको भन्दै अभिषेकले राप्रपा छोड्न लागेको बताइएको छ । उनले षडयन्त्रका बीच पार्टीको केन्द्रीय सदस्यमा बसिरहन सकिँदैन भन्ने सोचमा पुगेको भनेका छन् ।