कमल थापाले देउवालाई भने: आक्रोश होईन, सुशासन दिनुहोस् - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

कमल थापाले देउवालाई भने: आक्रोश होईन, सुशासन दिनुहोस्



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजाविरुद्ध आक्रोश नपोख्न अनुरोध गरेका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत् अध्यक्ष थापाले सो आग्रह गरेका हुन्।

उनले भनेका छन्, ‘प्रम देउवालाई आग्रह– राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस्। न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो। राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।