गृहमन्त्री थापा र आईजीपी खनालको आलोचना,अईलाग्यो यस्तो चुनौती - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

गृहमन्त्री थापा र आईजीपी खनालको आलोचना,अईलाग्यो यस्तो चुनौती



काठमाडौं । नेपाल प्रहरीको बढुवा थप विवादमा तानिएको छ । नायब उपरीक्षक (डिएसपी) पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेपछि बढुवा थप विवादमा परेको हो । सिनियर इन्सपेक्टर खड्ग नारायण साहले बढुवा सिफारिस उपर उजुरी दिएका हुन् ।

आफु सिनियर भए पनि बढुवामा छुटाएर अन्याय गरेको भन्दै उनले उजुरी दिएका हुन् । साह २०६२ सालका इन्सपेक्टर हुन् । प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल नेतृत्वको बढुवा समितिले ९ दिनअघि २०६१ सालमा भर्ना भएका ५५ जना इन्सपेृक्टरहरुलाई डिएसपी बढुवामा सिफारिस गरेको थियो । अघिल्लो ब्याचका केही सिनियर इन्सपेक्टरहरु बढुवामा छुटेका थिए । ५५ जनामध्ये पनि सिनियरलाई पछि पारिएको नेताहरु निकटलाई बढुवमा अघि राखिएको भन्दै सिफारिसमा विवाद भएको थियो ।

एसपी र डिएसपी बढुवामा राम्रा प्रहरी अधिकारीलाई पछि पारिएको तथा नेता निकटलाई पुरस्कार गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको आलोचना भइरहेको छ । जसले संगठनका राम्रा अधिकृतहरु निराश भएका छन् भने भ्रष्टहरु खुसी भएका छन् । उजुरी गरेपछि उजुरी सुन्ने समितिले सिफारिस उल्टाउन भने सक्दैन । तर, पनि बढुवा २ साता लम्बिएको छ भने प्रहरी नेर्तव थप बदनाम भएको छ । आजको दृष्टि साप्ताहिकबाट ।