महन्थ ठाकुरको पक्षमा १७ कार्यकारिणी सदस्य र १५ सांसद - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

महन्थ ठाकुरको पक्षमा १७ कार्यकारिणी सदस्य र १५ सांसद



काठमाडौं- जनता समाजवादी पार्टी विभाजन गरी लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुरपक्षका नेताहरु पनि निर्वाचन आयोग पुगेका छन्।

नयाँ अध्यादेश जारी भएपछि ठाकुरपक्षले जसपालाई विभाजन गर्दै लोसपा गठनका लागि निवेदन दिएका थिए। उनीहरुलाई सनाखतका लागि निर्वाचन आयोगले आज बोलाएको थियो।

नयाँ पार्टी गठनसँगै आफ्नो लक्ष्य अगाडि बढाउन आफूहरुलाई सहज भएको सो वरिष्ठ नेता राजेन्द्र महतो बताए। उनले आफ्नो पार्टीले आजै कानुनी मान्यता पाउने बताए।

तत्कालीन जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जना आफ्नो पक्षमा रहेको महतोको भनाइ छ। उनले संघीय संसद्का ३७ मध्ये १५ जना आफ्नो पक्षमा रहेका उनले बताए। ‘त्यसमध्ये १ जना रेशम चौधरीको सनाखत हुँदैन। बाँकी १४ जनाको मात्रै हुन्छ,’ उनले भने।