ठकुरी संजालको सद्भावना दुत बन्दै सुजल बम - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

ठकुरी संजालको सद्भावना दुत बन्दै सुजल बम



काठमाडौं । फरक क्षमताबाट छुट्टै पहिचान सहित एभरेष्ट बिश्व रेकर्ड राख्न सफल भाईरल सुजल बम ठकुरी सहयोग संजाल काठमाडौंको सद्भावना दुत बन्ने पक्का भएको छ ।

काठमाण्डौंको नक्सालमा रहेको केन्द्रीय बहिरा माध्यामिक विद्यालयका छात्र–छात्राहरुलाई शैक्षिक समाग्री वितरण गर्दै संजालका अध्यक्ष अजय मल्ल ठकुरीले उनलाई सद्भावना दुतमा नियुक्त गर्ने घोषणा गरेका छन् । संजालले सम्मानका साथ महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने घोषणा गरेकाले आफुलाई निकै खुशी लागेको भन्दै सुजलका बुवा टेक बमले यस्तो अवसरले सुजलको मनोबल बढेको तथा प्रोत्सहान र हौसला थपिएकाले प्रतिक्रिया दिए । साथै फरक क्षमता भएकी सुजललाई यो स्थान सम्म पु¥याउन महत्वपुर्ण साथ र सहयोग गर्ने सम्पुर्ण संचारगृह, संचारकर्मी, संघ संस्था तथा बिभिन्न ब्यक्तीहरु प्रति आभार प्रकट समेत बमले व्यक्त गरे ।

जन्मजात कान सुन्न र बोल्न नसक्ने सुजलले “झिम झिक परेली” बोलको गितबाट मोडलिङ्ग यात्रा शुरु गरे संगै उनको चर्चा बिश्वमा चल्न थालेको हो ।