ठाकुर र महतोले नयाँ दल दर्ता गर्दै, निर्वाचन आयोग जाने तयारी - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

ठाकुर र महतोले नयाँ दल दर्ता गर्दै, निर्वाचन आयोग जाने तयारी



काठमाडौं – महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले नयाँ दल दर्ता गर्ने भएका छन् । सरकारले दल विभाजनका लागि सहज हुने अध्यादेश ल्याएपछि उनीहरूले यस्तो तयारी गरेका हुन् ।

उनीहरूले पार्टीको नाम जसपा लोकतान्त्रिक राख्नेगरी कागजात तयारी गरेको बुझिएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा) को उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि दलविहीन अवस्थामा पुगेका महन्थ ठाकुर राजेन्द्र महतो पक्षले नयाँ दल दर्ताको तयारी गरेका हुन्।

मंगलबार सरकारले दल विभाजन गर्न सहज हुने गरि अध्यादेश ल्याएसँगै ठाकुर-महतोपक्ष नयाँ दल दर्ताको तयारीमा जुटेका हुन्। राष्ट्रपतिले दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्नासाथ आफूहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग जाने ठाकुरपक्षका एक नेताले बताए ।

उनले भने, राष्ट्रपतिको निर्णय कुरिएको छ, राष्ट्रपतिबाट अध्यादेश जारी हुनासाथ हामी नयाँ दल दर्ताको लागि जाने तयारी गरेका छौँ ।’