महन्थ ठाकुर: ८० वर्ष नाघे, तर चुनाव लड्ने रहर गएन - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

महन्थ ठाकुर: ८० वर्ष नाघे, तर चुनाव लड्ने रहर गएन



काठमाडौँ- राजनीतिमा नयाँ अनुहारको चर्चा भैरहेका बेला पुराना र बयोवृद्ध नेताहरू पनि चुनावी तयारीमा लागेका छन् ।

पुराना पुस्तालाई हराउने अभियान र नयाँ पुस्ताले राजनीतिमा जबर्दस्त उपस्थिति जनाइरहेका बेला कतिपय बृद्ध नेताहरूले पनि चुनावी तयारी गरिरहँदा अस्वाभाविक देखिएको छ ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि आगामी प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीमा छन् ।

उमेरले ८० वर्ष नाघेका ठाकुर प्रतिनिधिसभाको सबैभन्दा जेठा सदस्यसमेत हुन् । आगामी चुनावमा ठाकुरले अन्तिम पटक भन्दै महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट टुक्रिएर उनले लोसपा दर्ता गरेका थिए ।

अहिले उनी सरकारमा जाने तयारी पनि भइरहेको छ । उनी पटकपटक प्रधानमन्त्रीशेरबहादुर देउवासँग वार्ताका लागि भन्दै बालुवाटार प्राय जाने गरेका छन् ।