ठाकुर समुहको बैठक बस्दै: यस्ता छन् एजेण्डा - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

ठाकुर समुहको बैठक बस्दै: यस्ता छन् एजेण्डा



काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो समुहको बैठक बस्दैछ । निर्वाचन आयोगले विवाद समाधानका लागि दुवै पक्षका नेताहरूलाई बोलाएपछि कार्यकारिणी समितिको बैठक बोलाइएको छ।

बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यलय बबरमहलमा बस्ने बताइएको छ। आजको बैठकमा पार्टीको आन्तरिक अवस्था पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ।

बैठकमा आयोगमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुनुका साथै पार्टीको आन्तरिक विवाद तथा निर्वाचन आयोगसँग जोडिएको विषयमा छलफल हुनेछ।

हाल जसपा वैधानिकताको विवाद निर्वाचन आयोगमा पुगेको छ। यही विषयमा छलफल गर्न आयोगले २२ गते दुवै पक्षलाई बोलाएको छ।