ट्रकको ठक्करबाट युवतीको मृत्यु : स्थिति तनावग्रस्त

हिमाल पोस्ट/ कैलाली ।
कैलालीमा ट्रकको ठक्करबाट १९ वर्षिया युवतीको मृत्यु भएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कीमा आज बिहान करिब ९:३० बजे ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिदा सोही स्थान कै सुनिता रावलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट मृत्यु भएपछि स्थानीयहरुले ट्रकमा तोडफोड गरेका छन् भने पुर्व पश्चिम् राजमार्ग बन्द गराएका छन् ।
बिरोधका क्रममा प्रहरीले रबरको गोलि प्रहार गर्दा स्थानीय प्रेम मुडवरी घाइते भएका छन् । घाइतेको लालरत्न अस्पतालमा उपचार हुदैछ । सुरक्षा व्यवस्था कडा पारिएको छ ।

