थाहा नगरपालिका: वडा कार्यालय अज्ञात समुहले जलाए - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

थाहा नगरपालिका: वडा कार्यालय अज्ञात समुहले जलाए



हेटौंडा : मकवानपुरको थाहा नगरपालिका–५ को वडा कार्यालयमा आगजनी भएको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको हो।

आइतबार राति करिब ११ः४० बजे आगजनी गरिएको बताइएको छ । ढोका फुटाएर पेट्रोल, मट्टितेल छर्केर आगो लगाएको बुझिएको छ ।

वडा कार्यालयमा रहेका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले बताएको छ। विवरण संकलन भइरहेकाले क्षति कति भयो भन्ने अहिले नै भन्न नसकिने प्रहरीले बताएको छ।

आगजनीको कुनै पनि समूहले जिम्मा लिएको छैन। अहिले प्रहरीले थाहा नगरमा सुरक्षा अवस्था कडा बनाएको छ।