तेरियाले भनिन: फिल्म खेल्ने कुरा झुटो हो - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

तेरियाले भनिन: फिल्म खेल्ने कुरा झुटो हो



नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान ओगटेकी तेरिया फौजा मगरले आफू फिल्म खेल्ने तयारीमा नभएको स्पष्ट पारेकी छिन् ।

उनले सोमबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आजका दिनसम्म कुनै पनि फिल्ममा अनबन्ध नभएको जानकारी दिएकी छिन् ।

उनले भनेकी छिन्, विभिन्न समाचार माध्यममा आइरहेको भ्रामात्मक समाचारप्रति मेरो ध्यानाकर्षक भएको छ । म आजका दिनसम्म कुनै पनि फिल्मका लागि अनुबन्धित भएकी छैन ।

साथै म फिल्म खेल्ने तयारीमा पनि छैन । टेरियाले झुटो समाचारले आफ्ना शुभचिन्तकहरुमा पलाएको उत्साह र निराशाप्रति क्षमायाचनासमेत गरेकी छिन् ।

यस्तै, उनले सत्यतथ्य नबुझी समाचार नबनाइदिनसमेत सबैलाई आग्रह गरेकी छिन् । यसअघि तेरियाले फिल्म निर्माता म्याक टेनको नयाँ फिल्ममा अभिनय गर्न लागेको खबर सार्वजनिक भएको थियो ।