चितवनमा टेम्पो दुर्घटना, पाँचको मृत्यु - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

चितवनमा टेम्पो दुर्घटना, पाँचको मृत्यु



चितवन । चितवनमा भएको अटो टेम्पो दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ चेपाङमार्गको भित्रि सडकबाट चौकीडाँडातर्फ आउँदै गरेको अटो टेम्पो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाका अनुसार दुर्घटनामा पाँचजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । बेलुका सवा ६ बजे दुर्घटना भएको थियो ।

ना १ ह ६४०९ नम्बरको टेम्पो पिकनिकबाट फर्किँदै गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा एकजनाको मात्रै नाम खुलेको छ ।

कुस्माका श्यामप्रसाद तिवारीको सनाखत भए पनि बाँकी चार जनाको सनाखत हुन सकेको छैन ।