मोदीको टेलिफोन महसुल घटाउने प्रतिवद्धता अधुरै - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

मोदीको टेलिफोन महसुल घटाउने प्रतिवद्धता अधुरै



काठमाडौं – भारतीय दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले नेपालमा गर्ने कलको दरमा तीन सय प्रतिशतसम्म नाफा राखेकाले भारतबाट नेपालमा गर्ने टेलिफोन शुल्क महँगो हुन गएको छ ।

चार बर्षअघि नेपाल भ्रमणको बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट नेपालमा हुने कललाई आधा घटाउने प्रतिवद्धता जनाए पनि त्यहाँका अपरेटरले ग्राहकबाट लिने नाफा अझै घटाएका छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

भारतीय अपरेटरहरुले नेपालका क्यारियर (दूरसञ्चार सेवा प्रदायक) हरुले टर्मिनेसन कल नघटाउँदा महँगो परेको भन्ने आरोप लगाए पनि उनीहरुले नै नेपालमा कल गर्ने ग्राहकबाट धेरै नाफा लिएकाले कल महँगो हुन गएको हो ।