टेलिकमको गज्जब अफर : ६३ मिनेट फ्री, इन्टरनेट र म्यासेज पनि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

टेलिकमको गज्जब अफर : ६३ मिनेट फ्री, इन्टरनेट र म्यासेज पनि



काठमाडौं – नेपाल टेलिकमले नयाँ र गज्जबको अफर ल्याएको छ । आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो।

टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ। सामान्य रुपमा नेपाल टेलिकमको मोबाइलबाट २० रुपैयाँमा करीव ७ मिनेट कुरा गर्न सकिन्छ भने यो अफरले ६३ मिनेट फ्री मा पाइने छ ।

यसअघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ। अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा *१५१५* ८#  डायल गरी यो सेवा लिन सकिन्छ।

नाफालाई मात्र महत्व नदिइ मुलुकका विकट र अनकन्टार गाउँ, वस्तीहरुमा समेत दुरसंचार सेवा प्रदान गरिरहेको टेलिकमले नयाँ अफरले ग्राहकहरुलाई केही सहज बनाएको आशा गरेको छ।