लिङ्ग बढाउने र स्तन घटाउने भन्दै ठगी गर्ने १५ जना प्रहरी खोरमा - Himal Post Himal Post
  • ११ श्रावण २०८३, सोमबार
  •      Mon Jul 27 2026
Logo

लिङ्ग बढाउने र स्तन घटाउने भन्दै ठगी गर्ने १५ जना प्रहरी खोरमा



काठमाडौं–

उपत्यकाका  यौन शक्ति तथा यौन अंगको आकार बढाउने भन्दै औषधी बिक्रिका नाममा ठगी गरेको आरोपमा १५ वटा विभिन्न हर्बल होम तथा टेलि सेन्टरका संचालकहरु पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले ‘अप्रेसन इलुजन’ संचालन गरी काठमाडौं मल लगायत विभिन्न ठाउँमा संचालित हर्वल तथा टेलि सेन्टरमा छापा हानेको हो। यौन शक्ति बढाउने, केटाहरुको लिंग ठुलो हुने, महिलाहरुको स्तन आफुहरुले चाहेजत्रो बनाउन सक्ने भन्दै उनीहरुले विज्ञापन नै नगरेर विभिन्न औषधीहरु बिक्रि गर्दैै  आएको सिआईबीले जनाएको छ।

उनीहरुले भ्रममा पारी धेरैलाई ठगी गरेको उजुरी आएपछि पक्राउ गरिएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए । प्रहरीले स्वयम्भुस्थित ग्रिन हर्वल एण्ड फिटनेश सपका संचालक मेजर सिंह, अनामनगरस्थित फष्ट डिल अनलाइन सपिङकी मेनेजर लक्ष्मी कटेल, सुन्धारास्थित कान्तिपुर टेलि सपका संचालक रत्न घिमिरे, बसपार्कस्थित गोर्खा हर्वल विजका कामदार सुदिल ढकाल, टेलि मार्केट नेपाल मिनभवनका संचालक बसन्ता सम्बाहाम्फे र सुकेधारास्थित एसियन हर्वल होमका संचालक सुप्रभा केसीलाई पहरीले पक्राउ गरेको हो ।

त्यस्तै हर्बल सप कोटेश्वरका संचालक सुर्य बहादुर रायमाझि, सोह्रखुट्टेस्थित टेलि वान हर्वलक संचालक बाबुराम ढकाल, पुतलीसडकस्थित ग्लोबल टिभी प्रोडक्टका संचालक कुमार भारती,  कमलादीस्थित ग्लोबल टेलि सपका संचालक यादव राजी भारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

तिनकुेस्थित टेलि सेन्टरका संचालक विपिन बोलखे, सुकेधारास्थित नेचुरल टेप सपका संचालक रविन खड्का, गोंगबुस्थित विजि हर्बल सपका संचालक यमनाथ पौडेल र इन्द्रचोकस्थित निकिता इम्पेक्सका संचालक विकास गोयललाई पनि पक्राउ परेका छन्।

उनीहरुबाट रिस्टोर फेमिनी वास आयल, भाजिनेक्स फिमेल क्रिम, डेभलपी सेक्स, पपना ब्रेष्ट इन्लार्जिङ, क्रिम, ब्रेष्ट फर्मिङ क्रिम टच मि, सुपर ड्रागन लगायत नाम गरेका औषधी बरामद गरेको छ। ती औषधीहरु अवैध रुपमा आयात गरिएको र अवैध रुपमा बिक्रि गरी सर्वसाधरणलाई ठगी गरेका उनीहरुविरुद्ध ठगी मुद्दा चलाइने सिआईबीले जनाएको छ।