कोरोनाका शंकास्पद बिरामीले टेकु अस्पतालको वार्ड भरियो - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोनाका शंकास्पद बिरामीले टेकु अस्पतालको वार्ड भरियो



काठमाडौं- विश्‍वभर त्रासदी बनेको कोरोना भाइरसका शंकास्पद बिरामीका कारण टेकु अस्पतालको आइसोलेसन वार्ड भरिएको छ।

विदेशबाट आउने शंकास्पद बिरामी बढ्न थालेपछि टेकुको आइसोलेसन वार्ड भरिएको हो।

त्रिभुवन विमानस्थल हेल्थ डेक्सका अनुसार केही दिनयता दैनिक दुईदेखि तीनजना शंकास्पद बिरामीलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गर्ने गरिएको छ।

टेकु अस्पतालको कोरोना भाइरसको शंकास्पद बिरामीका लागि उपचार गर्न बनाइएका पाँचवटा आइसोलेसन वार्ड भरिएका छन्।

अब विमानस्थलमा भेटिने शंकास्पद बिरामीलाई पाटन अस्पतालमा पठाउने तयारी भएको बताइएको छ ।

पछिल्लो १२ घण्टामा विमानस्थलबाट दुईजना कोरोना भाइरसका शंकास्पद बिरामीलाई टेकु अस्पताल पठाइको बताइएको छ।

कुवेत र कतारबाट आएका ती नागरिकलाई हेल्थ डेक्समा परीक्षण गर्दा रुघाखोकीसहित उच्च ज्वरो देखिएपछि आइसोलेसनमा पठाइएको हो।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि विमानस्थ हेल्थ डेक्समा यात्रुको निगरानी कडा बनाइएको छ।