सचिव टेकनारायण पाण्डे पक्राउ - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

सचिव टेकनारायण पाण्डे पक्राउ



काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । उनीमाथि नक्कली शरणार्थी बनाएर अमेरिका लैजान सहयोग पुर्‍याएको आरोप छ । काठमाडौं प्रहरी परिसरले उनलाई पक्राउ गर्न अदालतबाट पुर्जी लिएको थियो ।

यसअघि मंगलबार गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि पक्राउ परेका थिए । पाण्डे गृह सचिव भएका बेला नक्कली शरणार्थी बनाएर अमेरिका पठाएको आरोप छ । काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसारलाई उनलाई काठमाडौंबाट पक्राउ गरिएको छ ।

यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।