मनाङबाट जितेका गुरुङ- भ्रष्टाचारका आरोपी, संसद्‌ छिर्न नपाउने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

मनाङबाट जितेका गुरुङ- भ्रष्टाचारका आरोपी, संसद्‌ छिर्न नपाउने



काठमाडौँ- मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई ३ सय २८ मतान्तरले पराजित गरेका हुन् ।

टेकबहादुरले २ हजार ५ सय ७५ मत ल्याउँदा पोल्देन छोपाङले २ हजार २ सय ४७ मत ल्याएका छन् ।

तर गुरुङ तत्काल संसद्‌ प्रवेश गर्न पाउने छैनन् । गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा विचाराधीन छ ।

भृकुटीमण्डपस्थित समाज कल्याण परिषदको ६० रोपनी जग्गा भाडामा दिँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार गरेको गुरुङमाथि आरोप छ ।

उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गुरुङलाई विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।

निर्वाचनसम्बन्धी ऐनले भ्रष्ट्राचार मुद्दामा दोषी नठहरिएका व्यक्तिलाई उम्मेदवार बन्न अयोग्य ठहर नहुने उल्लेख छ ।

तर भ्रष्ट्राचार निवारण ऐन २०५९ को दफा ३३ मा कुनै व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएकामा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था छ ।

गुरुङको मुद्दा छिनोफानो भएपछि सांसदको हैसियतमा काम गर्न पाउँछन् ।