कानुनी राज्यका लागि हाम्रो नेतृत्व आवश्यक : अधिवक्ता रावल - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

कानुनी राज्यका लागि हाम्रो नेतृत्व आवश्यक : अधिवक्ता रावल



-तेजेन्द्र पाण्डेय 

अधिवक्ता तेजबहादुर रावलले देशमा कानुनी राज्यको स्थापनाका लागि नेपाल बार एसोसिएसनको अबको नयाँ टिममा लोकतान्त्रिक कानुन व्यवसायीको आवश्यकता रहेको बताएका छन् ।

यही चैत्र १६ गते नेपाल बार एसोसिएसनको नयाँ नेतृत्तोका लागि निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा बृहत् लोकतान्त्रिक समूहबाट रावल कोषाध्यक्ष पदका लागि उम्मेदवार हुन् ।

बारको निर्वाचन नजिकिँदै गइरहेको समयमा हामीसँग कुराकानी गर्दै रावलले भने ‘देशमा सङ्घीयता कार्यान्वयन र कानुनी राज्यको स्थापनाका लागि नेपाल बार एसोसिएसनको ठुलो भूमिका रहन्छ ,एसोसिएसनमा आउने नयाँ नेतृत्व कानुनी राज्यका लागि बफादार रहनुपर्छ र त्यसका लागि बृहत् लोकतान्त्रिक समूह कटिबद्ध रहनेछ !’

सुनिल पोख्रेलको समूहले अदालत र न्यायिक निकायबाट आमजनताले न्याय सहज रूपमा प्राप्त गर्नका निम्ति सदा आवाज उठाइरहनेछ, जनताले न्याय सेवा बाट वञ्चित हुने समय आउनेछैन जसका लागि बृहत् लोकतान्त्रिक कानुन व्यवसायीको समूह अबको नेतृत्वको लागि योग्य छ । उनले पछिल्लो समय न्याय प्राप्तिमा देखियको समस्या समाधानका लागि आफूहरूको समूहले विशेष रणनीतिका साथ काम गर्ने समेत बताए । लोकतान्त्रिक समूहले केही दिन अगाडी मात्र निर्वाचन केन्द्रित रहेर देशका विभिन्न जिल्लाको भ्रमण सकाई हाल राजधानी केन्द्रित कार्यक्रमहरू गर्दै आइरहेको छ ।