पप्पु कन्स्ट्रक्सनबाट जमानत जफत, अर्कैले पायो तीनकुने पुलको जिम्मा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

पप्पु कन्स्ट्रक्सनबाट जमानत जफत, अर्कैले पायो तीनकुने पुलको जिम्मा



लामो समयसम्म अलपत्र रहेको तीनकुनेस्थित बागमती पुलमा नयाँ ठेक्कामार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ ।

पहिलो पटक निर्माण सुरु भएको झण्डै आठ वर्षपछि पुनःनयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइएको हो । निर्माण व्यवसायी आफैँले नै डिजाइन गर्नेगरी (डिजाइन एन्ड विल्ड) मार्फत निर्माणका लागि प्रक्रिया अघि बढाइएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । कुल ४२ महिनामा सम्पन्न गर्ने गरी यसको ठेक्का वाई/पी/किरातेश्वर जेभीलाई दिइएको छ ।

गत महिना ठेक्का भएकामा अहिले पेस्की दिइएको र कम्पनीले काम सुरु गर्न लागेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सो ठेक्काको रकम २४ करोड ५९ लाख ६७ हजार रहेको छ । यसअघिको निर्माण कम्पनीले गरेका निर्माणमा केही भाग मात्रै स्वीकार गरिएको उनले बताए । उनले भने, ‘दुवै तिरको पिलर थोरै मात्रै बाँकी रहन्छ ।’

यसअघि पप्पु कन्सट्रक्सनले निर्माणको जिम्मेवारी लिएको थियो । कम्पनीले गुणस्तरीय काम नगरेपछि सडक विभागले ठेक्का तोडेको थियो । निर्माण कम्पनीबाट जमानत जफत गरिसकिएको सूचना अधिकारी जोशीले बताए । उनका अनुसार नयाँ निर्माणका लागि समेत कम्पनीले रकम बोहोर्नुपर्ने हुन्छ ।

‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्स्ट्रक्सन प्रालीको लापरबाहीका कारण अलपत्र बनेको थियो । सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको थियो । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो । रासस