केन्द्रीय सदस्यहरूको भेला डाकियो, अन्य नेताहरूसँग पनि संवाद गर्ने निर्णय - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

केन्द्रीय सदस्यहरूको भेला डाकियो, अन्य नेताहरूसँग पनि संवाद गर्ने निर्णय



काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच नयाँ सहमति बनेको छ । उनीहरूले कांग्रेसको १४औँ महाधिवेशनका लागि पार्टीका केन्द्रीय सदस्यहरूसँग छफल गर्ने भएका छन् ।

मंगलबार सिंह निवास चाक्सीबारीमा भएको छलफलमा यस्तो सहमति बनेको बताइएको छ । कांग्रेसको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छलफलमा नयाँ पुस्तामा नेतृत्व लैजानका लागि आवस्य सहकार्य गर्ने र महाधिवेशनमा मिलेर अगाडी बढ्ने सहमति समेत बनेको बताईएको छ ।

तीन नेताको छलफलले शुक्रबार केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय गरेका छन् । महाधिवेशनमा केन्द्रित भई छलफल गर्न टोखास्थित कोइराला निवासमा केन्द्रीय सदस्यहरूको भेला बोलाउने निर्णय भएको बताइएको छ । त्यस्तै नेताहरू रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग पनि छुट्टै छलफल गर्ने निष्कर्षका साथ नेताहरू उठेका छन् ।

अहिले कांग्रेसमा महाधिवेशनको रौनक छाएको छ । नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व नदिन विभिन्न प्यानलहरू सक्रिया बनेका छन् ।

यसअघि हिजो मात्र पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला निवास मण्डिखाटारमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच भेटवार्ता भएको थियो।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिएको छ।