जनसेवा समाज सुधार यूवा क्लव साखर द्वारा रमाइलो तीज महामेला सम्पन्न - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

जनसेवा समाज सुधार यूवा क्लव साखर द्वारा रमाइलो तीज महामेला सम्पन्न



भाद्र २२ ,साखर स्याङ्जा ।

हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अवसर पारी श्री जनसेवा समाज सुधार युवा क्लब साखर वडा न ३,४ र ५ को आयोजना मा तिज विशेष रमाइलो तिज महामेला कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् ग्रामीण बिकासका पर्याय भनेर चिनिने नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र न ३ का महाधिवेशन प्रतिनिधि एवम् काङ्ग्रेस नेता शिव कुमार गिरिले ग्रामीण बिकासको सन्दर्भमा जुनसुकै बिकासपनी काङ्ग्रेस ले मात्रै गरिदिने र आफ्नो सास रहुन्जेल समाज बिकासमा लागिरहने बताउनुभयो । कार्यक्रममा महिलाहरू को चाड हरितालिका तिज सङ्गै महिलाहरुको अग्रसरता र एकताको आवश्यकता समेत दर्साउदै आपसी हार्दिकताका साथ अघि बड्न सक्ने शक्ति मिलोस भन्ने शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रममा नेपाल महिला संघ स्याङ्जा क्षेत्र न ३ कि अध्यक्ष गायत्री आचार्य, नेपाली काङ्ग्रेस साखर सभापति ज्ञानेस्वर बास्ताकोटी, तरुण नेता बिस्वास पुरी, ने बि संघ स्याङ्जा क्षेत्र न ३ का उपसभापति गोपिकृष्ण रेग्मी, ने बि संघ सचीव खगेन्द्र भण्डारी, मोहमि मा बि का प्राचार्य देवराज लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो।राष्ट्रिय कलाकारहरु मोहन खड्का, राजेन्द्र कंडेल, अनु राना लगाएत स्थानीय कलाकारहरुको बेजोड साङ्गितिक प्रस्तुति का साथमा जनलहर झुमेको थियो ।

आसपास का गाबिस साथै छिमेकी जिल्ला तनहु र पाल्पा बाट समेत हजारौं को संख्या मा दर्शक को उपस्थिति रहेको कार्यक्रममा क्लबका अध्यक्ष को अध्यक्षता र क्ल्वका सचीव नारायण थापा को स्वागत सङ्गै सुरुभएको कार्यक्रम को सन्चालन रामपुर एफ एम पाल्पा का कार्यक्रम संयोजक विश्व प्रकाश भट्टराई र सिर्जना घिमिरेले गर्नुभएको थियो।रुभएको कार्यक्रम को सन्चालन रामपुर एफ एम पाल्पा का कार्यक्रम संयोजक विश्व प्रकाश भट्टराई र सिर्जना घिमिरेले गर्नुभएको थियो।