तीजको अवसरमा रेडियो धनगढीद्बारा खुल्ला नृत्य प्रतियोगिताको आयोजना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

तीजको अवसरमा रेडियो धनगढीद्बारा खुल्ला नृत्य प्रतियोगिताको आयोजना



हिमाल पोस्ट /धनगढी ,कैलाली ।

सुदूरपश्चिम मिडिया मिसन प्रा.लि द्धारा सञ्चालित कैलालीको धनगढी उपमहानगरपालिका -३ विशालनगरमा रहेको रेडियो धनगढी ९०.५ मेगाहर्जले हरितालिका तीजको अवसरमा खुल्ला नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सदाका वर्षझै यस वर्ष पनि रेडियो धनगढीले हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भदौ २३ गते शनिवार खुल्ला महिला एकल नृत्य प्रतियोगिताको आयोजना गर्ने जनाएको छ ।

तीजको अवसरमा खुल्ला महिला एकल नृत्य प्रतियोगिता भदौ २३ गते धनगढी चौराहामा हुने स्टेशन म्यानेजर हरि जोशीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार बराबरको स्मार्ट फोन, द्धितिय हुनेलाई १० हजार बराबरको बार फोनका साथै आकर्षक पुरुस्कार तथा प्रमाणपत्रको व्यवस्था गरिएको अध्यक्ष राजु चन्दले बताउनुभयो ।

सहभागि हुन इच्छुक महिला दिदी वहिनीहरुलाई रेडियो धनगढीको कार्यालयमा आफ्नो नाम दर्ता गराउन पनि रेडियोले आग्रह गरेको छ ।