तीज गीतमा र्‍याप (भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

तीज गीतमा र्‍याप (भिडियो सहित)



ललित जाग्री /  कैलाली ।
गायक प्रशान्त बि.सी.को तीज गीत हातमा रातो चुरा सांगितिक बजारमा उकालो लाग्दै छ ! गायक तथा -यापर टेकेन्द्र रोकायाको लय/शब्द तथा -याप समाबेश भएर निर्माण भएको सो गीतको म्युजिक भिडियो सार्वजनिक भए संगै गीत चर्चामा आउन थालेको हो !

गायक प्रशान्त बि.सी र भगवती शाहीको स्वरमा रहेको गीत गायक प्रशान्त बि.सी.को पहिलो तीज कोसेली हो ! उक्त तीज गीतमा टेकेन्द्र रोकाय -यापरको भुमिका रहेका छन् ! तीजको गीतमा -याप किन भन्ने पत्रकार पश्नमा -र्‍यापर टेकेन्द्र रोकायाले समयको माग लाई मध्य नजर गर्दै अरु भन्दा केहि फरक शैली तीज गीतमा समाबेश गर्न खोजेको कुरा बताउनु भएको छ !

अनिश लामा यो गीतका निर्देशक हुन् भने उक्त गीतमा प्रकाश शाह, शंकर देउवा र नन्दिता देउवाको अभिनय देख्न सकिन्छ ! यो गीत मारुनी डिजिटल स्टुडियो बाट बजारमा सार्वजनिक भएको छ जसको सम्पादन पुस्कल सुनुवारले गरेका छन् !

भिडियो हेर्नुहोस :