तिजको ब्याटल : मञ्जु पौडेल र सन्तु थापाको चर्काचर्की (भिडियो) - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

तिजको ब्याटल : मञ्जु पौडेल र सन्तु थापाको चर्काचर्की (भिडियो)



काठमाडौं – तीजको माहौलमा एउटा छुट्टै शैलीको गीत बजारमा आएको छ । सधैँ जसो नेपाली लोकसङ्गीतमा नयाँपन दिने गायिका तथा प्रस्तोता मञ्जु पौडेलले यसपालि तीजको ब्याटल मार्फत तीजमा युवाहरुको हस्तक्षेपप्रति कटाक्ष गरेकी छन् । तीजको यो ब्याटल गायक सन्तु थापाले बजारमा ल्याएका हुन् ।

महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा तीज सम्बन्धी विभिन्न गीतहरू सार्वजनिक भएका छन् । यसै मौकामा बजारमा ल्याएको ब्याटलमा महिलाहरूको पर्व तीजमा पुरुषहरू हाबी हुँदै गइरहेको विषयलाई समेटिएको छ ।

फरक प्रकृतिका गीत बनाएर दर्शक श्रोतालाई मनोरञ्जन प्रदान गर्न मलाई निकै जाँगर लाग्छ त्यसैले अहिलेको तीज ब्याटलमा रमाइलो गराउने उद्देश्यले फरक काम गरेकी हुँ पौडेलले हिमाल पोस्टसँग कुरा गर्दै भनिन ।

दिग्गज धौरालीले शब्द दिएको यो तीज गीतमा निकै रोमाञ्चक तरिकाले भिडियो तयार गरिएको छ । बि पी फिल्म्सले तयार गरेको भिडियोको निर्देशन भने सन्तु थापा आफैले गरेका छन् । गीतलाई एरेन्ज कृष्ण विकले गरेका छन् । यो गीत भर्खरै मात्र युट्युबमा रिलिज गरिएको छ ।

सन्तु थापा र मञ्जु पौडेलका सबै तिजका गीतहरू चर्चित छन् ।

भिडियो :