विश्वकपको तयारी: अष्ट्रेलियाको जित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकपको तयारी: अष्ट्रेलियाको जित



एजेन्सी । यही महिना रुसमा सुरु हुने विश्वकप फुटबलको तयारीमा रहेको अष्ट्रेलियाले मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । शुक्रबार साँझ भएको मैत्रीपूर्ण खेलमा चेक रिपब्लिकलाई ४–० गोलअन्तरले पराजित गरेको हो ।

एनभी एरिना रंगशालामा भएको खेलमा अष्ट्रेलियाले सहज जित हात पारेको हो । अष्ट्रेलियालाई जित दिलाउन माथिव लेकिईले २ र एन्ड्रोव नाबाउटले १ गोल गरे । त्यस्तै, एक गोल भने अष्ट्रेलियाले उपाहार स्वरुप पाएका थिए । चेक रिपब्लिकका जाकुब जुगासले आत्मघाती गोल गरेका थिए ।

खेलको ३२औं मिनेटमा माथिवले गोल गर्दै अष्ट्रेलियालाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० गोलले पछि परेको चेक रिपब्लिकले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो ।

खेलको ५३औं मिनेटमा एन्ड्रोवले गोल गर्दै अष्ट्रेलियालाई २–० गोलको अग्रतामा पु¥याएका थिए । खेलको ७२औं मिनेटमा माथिवले ब्यक्तिगत दोस्रो गोल गरेपनि अष्ट्रेलिया तेब्बरले अघि रहेको थियो । खेलको ८०औं मिनेटमा चेक रिपब्लिकका जाकुबले आफ्नै पोष्टमा आत्मघाती गोल गरेपछि अष्ट्रेलिया ४–० गोलले विजयी भएको हो ।

विश्वकपमा अष्ट्रेलिया समूह सी मा रहेको छ । समूह सी मा अष्ट्रेलियासँगै फ्रान्स, पेरु र डेनर्माक रहेका छन् ।