सपथग्रहणको तयारी सकियो, पुनर्गठन नै बिलम्ब हुनसक्ने
काठमाडौं- नयाँ बन्ने र परिवर्तन हुने मन्त्रीहरूको सपथग्रहणको लागि राष्ट्रपति कार्यालयमा तयारी भैरहेको छ । तर, एता भने मन्त्रीमण्डल परिवर्तनको कार्यक्रम लम्बिने देखिएको छ।
स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरूको सपथको लागि तयारी रहन आग्रह गरिएको छ तर, उपसभामुख तुम्बाहाम्फेले राजिनामा गर्न अस्विकार गरेपछि पहिले बनाएको खाकामा फेरबदल देखिएको छ । प्रधानमन्त्री ओलीले तुम्बाहाम्फेलाई राजिनामा गरेर मन्त्री बना तयार रहन आग्रह गरेका थिए ।
तुम्बाहाम्फेले राजिनामा गर्न अस्विकार गरेको स्रोतले जनाउँदै मन्त्रीमण्डलको पुनर्गठनलाई नै प्रभाव परेकोले केहि बिलम्ब हुने दाबी गरेको छ ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकपछि मन्त्रिपरिषद पुनर्गठनको काम गर्ने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली छन् ।
बुधवार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैले संयुक्त रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।