भाडा बढी लिने ट्याक्सी धमाधम कारवाही - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

भाडा बढी लिने ट्याक्सी धमाधम कारवाही



काठमाडौं। सरकारले ट्याक्सीमा जडित मिटरमा कैफियत भेटिएका १ सय ५० वटा ट्याक्सीलाई कारबाही गरेको छ। बितेको दुई महिनामा ती ट्याक्सीबाट जरीवानास्वरूप १ लाख ५० हजार रुपियाँ राजस्व संकलन भएको गुणस्तर तथा नाप तौल विभागले जनाएको छ।

विभागको तथ्याङ्कअनुसार अहिले उपत्यकामा भाडाका १० हजार ६ सय ३८ वटा ट्याक्सी गुड्दै आएका छन्। काठमाडौं उपत्यकामा गुड्ने सबै भाडाका ट्याक्सीमा मिटर जडान भइसकेको भए पनि ट्याक्सीचालकले मापदण्डमा रहेर सवारी नचलाएपछि कारबाही गरिएको हो। याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

२०७३ साल साउन ७ गतेभित्र भाडामा गुड्ने ट्याक्सीमा मिटर जडान गर्ने समय तोकिएको थियो, झन्डै १ हजार ट्याक्सीमा मिटर जोड्न अझै बाँकी छ।
यात्रुहरू यस्तो कारबाहीबाट खुसी भएका छन्। काठमाडौं जावलाखेलकी कामना वैद्यले भन्नुभयो– ‘जावलाखेलबाट रत्नपार्क जाँदै थिएँ। परीक्षाको हतारो थियो, चक्काजाम पो रहेछ। मिटरमा झन् बढी लेला भनेर बार्गेनिङ नै नगरी ४ सय रुपियाँ तिरेर गएँ। सरकारले यस्तालाई कारबाही गरेको हो भने त राम्रो कुरा हो।’