‘कर, करले होइन रहरले तिरौं’
चितवन । आन्तरिक राजस्व विभागको आयोजना र सिस्नुपानी, नेपालको समन्वयमा सुरु भएको देशव्यापी करमैत्री यात्रा बनेपा, विर्तामोड हुँदै चितवन आइपुगेको छ । ‘कर, करले होइन रहरले तिरौं’ भन्ने मुल नाराका साथ आयोजित यात्र आज चितवन आइपुगेको हो ।
मुलुकको विकासका लागि भ्रष्टाचारी तथा घूसखोरीलाई कडा सजाय हुनुपर्ने र कर करले होइन रहरले तिर्नुपर्छ भन्ने सचेतना फैलाउने उद्देश्यले करमैत्री यात्राको आयोजना गरिएको बताइएको छ ।
आन्तरिक राजस्व विभाग लाजिम्पाट काठमाडौंको आयोजनामा कार्तिक २१ गतेबाट सुरु भएको यात्रा पूर्वका विभिन्न जिल्ला हुँदै चितवनमा आइपुगको हो । करमैत्री यात्रा काठमाडौं पुगेर समापन हुने बताएको छ ।