कैलाली अपडेट : क्षतिको प्रारम्भिक तथ्याङ्क यस्तो छ - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

कैलाली अपडेट : क्षतिको प्रारम्भिक तथ्याङ्क यस्तो छ



कैलाली – जिल्ला प्रहरी कार्यालयले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हावाहुरीले सञ्चनपुरमा ५७१ घरमा क्षति पुर्एको छ । सबैभन्दा बढी भीमदत्त नगरपालिका, वेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा क्षति पु¥याएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले पूरै विवरण प्राप्त हुन नसकेको बताए ।
“अहिले प्रारम्भिक विवरण मात्र सङ्कलन भएको छ”, उनले भने । उनका अनुसार हावाहुरीबाट १२ विद्यालय क्षति पुगेको छ । यस्तै १० पशुचौपाया तथा एक हजार ५० भन्दा बढी कुखुरा मरेका छन् । कृष्णपुर नगरपालिका–२ को कार्यालय भवनमा क्षति पुगेको छ । वाणीस्थित मुक्त कमैया बस्ती र वनहरास्थित भूमिहीनको घरमा क्षति पुगेको छ । हावाहुरीका कारण विचल्लीमा परेका परिवार आफन्त र खुला आकाशमुनि बस्न बाध्य छन् । जिल्लामा हालसम्म विद्युत् सेवा ठप्प छ ।

हावाहुरीका कारण रु ११ करोडभन्दा बढीको केरा खेती नष्ट भएको छ । सबैभन्दा बढी कञ्चनपुरको कृष्णपुर नगरपालिकाको गुलरीयामा केरा खेती नष्ट भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार भीमदत्त नगरपालिकाको तिलकेनी, वेदकोटको बैतडा र कुष्णपुरको गुलरीयामा केरा खेती नष्ट भएको छ । फाइल तस्बिर